Aafno Khabar

सरकारी वकिलको कार्यालयले पनि लिन मानेन सांसद अपहरणको मुद्दा

  • २०७७ बैशाख १६ गते १०:२४ प्रकाशित

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ ।

मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।

तर, जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी लिननमानेको उनीहरुले बताएका छन् । यसअघि महानगरीय प्रहरी परिसर टेकुले पनि जाहेरी लिन अस्विकार गरेको थियो ।

आफ्ना सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्‍नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वआइजीपी सर्वेन्द्र खनालले अपहरण गरेको उनीहरुको आरोप छ ।