Aafno Khabar

दक्षिण कोरिया भन्छ ‘किम जोंग उन जीवित र स्वस्थ छन’

  • २०७७ बैशाख १५ गते ०४:१२ प्रकाशित

सीएनएन । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उन जीवित र स्वस्थ रहेको बताएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियामा कुनै प्रकारको अप्रिय घटना नभएको र किम जोंग उन अप्रिल १३ देखि वोनसन क्षेत्रमा बसिरहेको बताएको छ ।

गत अप्रिल १५ मा किम जोंग उन एउटा पारिवारिक उत्सवमा नदेखिएपछि उनका बारेमा अनेकन अडकलबाजीहरु आउन थालेका थिए ।

किमको मुटुको शल्यक्रिया भएको र उनी गम्भिर अवस्थामा रहेको लगायतका अनेक समाचारहरु आइरहेको बेला उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनले किम जोंग उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताएको छ ।