Aafno Khabar

अपहरणको मुद्दा दर्ता गर्न टेकु पुगे जनता समाजवादी पार्टीका नेताहरु

  • २०७७ बैशाख १४ गते १०:२५ प्रकाशित

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका तर्फबाट पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै पूर्व मन्त्री एंव सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सवेन्द्र खनाल विरुद्ध किटानी जाहेरी दिइने भएको छ ।

जाहेरी दिनका लागि जनता समाजवादी दलका तर्फबाट डा. बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो शरदसिंह भण्डारी महानगरिय प्रहरी टेकुमा पुगेका छन् नेताहरुसँगै पूर्व राज्यमन्त्री डा. यादव समेत महानगरिय प्रहरी परिसर टेकुमा पुगेका छन् ।

गत वैशाख १० गते खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा महोत्तरी गएर सांसद यादवलाई काठमाडौं ल्याएका थिए ।

समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आएको छ । तर खनाल, श्रेष्ठ र बस्नेतले भने यादवकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।