Aafno Khabar

८१ वर्षीय बृद्वाले पुष्टि भएको ११ दिनमा जितिन काेेराेेना

  • २०७७ बैशाख ११ गते ११:२८ प्रकाशित

काठमाडौं ।काठमाडौंकाे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

उनीहरु आमा-छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।