काठमाडौं । पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् ।
सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीले जनाएको छ ।
यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् । उनी आफूलाई काठमाडौं ल्याउने मानिसहरुबाट डराइरहेको बताएका छन् ।
बुधबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको थियो ।
राति काठमाडौं ल्याइएका यादवसँगै समाजवादी पार्टीका केही सांसदलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ ।
तर डा. यादव बिहीबार विहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको नेताहरुले बताएका छन् ।