Aafno Khabar

काठमाडौंबाट दोलखा जाँदै गरेको बस दुर्घटना

  • २०७७ बैशाख १० गते ०२:५९ प्रकाशित

दोलखा । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १२ जना घाइते भएका छन् ।

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।