Aafno Khabar

विश्रभर पछिल्लाे २४ घण्टामा झण्डै १ लाख मानिस काेराेना संक्रमित, ७ हजारकाे मृत्यु

  • २०७७ बैशाख ५ गते ००:५३ प्रकाशित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा विश्रभर ९४ हजार ४ सय बढि मानिस काेराेनाबाट संक्रमित भएका छन् भने ६ हजार ९ ७७ भन्दा धेरै मानिसकाे मृत्यु भएकाे छ ।

याे सँगै विश्रभर काेराेना संक्रमितकाे सङ्ख्या २१ लाख ८० हजार नाघेकाे छ । काेराेनाका कारण विश्रभर ज्यान जानेकाे सङ्ख्या १ लाख ४५ हजार ४ सय नाघेकाे छ ।

काेराेनाकाे सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा पछिल्लाे २४ घण्टामा मात्र २ हजार १ सय बढी मानिसकाे मृत्यु भएकाे छ भने २९ हजार बढी मानिस संक्रमित भएका छन् ।

बेलायमा पनि पछिल्लाे २४ घण्टामा  ८ सय ६१ जनाकाे मृत्यु भएकाे छ । फ्रान्समा ७ सय ५३ जनाकाे मृत्यु भएकाे छ । भारतमा पछिल्लाे २४ घण्टामा  १ हजार बढी संक्रमित भेटिएका छन् भने २६ जनाकाे मृत्यु भएकाे छ ।