Aafno Khabar

लकडाउन उल्लंघन गर्नेलाई सडकमै पुसअप

  • २०७७ बैशाख ४ गते १०:०७ प्रकाशित

बुटवल । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गर्नेलाई भैरहवामा प्रहरीले कारवाही गरेको छ । उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो ।

समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारवाहीमा परेका हुन् । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको हो।