चितवन । चितवनको रत्ननगरमा एकजनामा काेराेना र्यापिड टेष्टकाे नतिजा पाेजेटिभ देखिएकाे छ । डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको हाे ।
बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।
रत्ननगर नगरपालिकाका बासिन्दा ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।