काठमाडाैं । नेपाली कांग्रेसले सरकारलाई कोरोना संक्रमण जोखिम कम गर्नका लागि मेडिकल सामाग्री तथा दक्षता र गति बढाउन आग्रह गरेको छ । यसका साथै घुम्ती परिक्षण शिविर सुरु गर्न समेत सुझाव दिएको छ ।
कांग्रेसले कोरोना भाइरसलाई नियन्त्रणमा लिन व्यापक परीक्षणमा जोड दिँदै लकडाउन थप गरेर मात्रै कोरोना नियन्त्रणमा लिन नसकिने टिप्पणी गरेको छ। कोरोना भाइरसका केसहरू बढ्दै गएको अवस्थामा सरकारले घुम्ती परीक्षण शिविरमार्फत् बढी भन्दा बढी मानिसको परीक्षण गर्नुपर्नेमा जोड दिएको हो।
कोरोना संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लकडाउनको समयावधि थप गर्नुलाई कांग्रेसले स्वभाविक रूपमा लिएको जनाएको छ। ‘लकडाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न,’ बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसल भनेको छ।