Aafno Khabar

नयाँ वर्षमा प्रधानमन्त्रीको घोषणा ‘कोरोना नसकिएसम्म पारिश्रमिक लिन्न’

  • २०७७ बैशाख १ गते ०३:११ प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गर्नुभएको हो

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिनुभयो ।

आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने नेपालीको परम्परा रहेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’