एजेन्सी । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख सात हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि १३ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण १३ हजार ५० जनाको ज्यान गएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ ।
चीन बाहिर १० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण हुने देशहरु इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्स हुन् । कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी हुने देश अहिलेसम्म चीन रहेको छ ।
तर काेराेना भाइरसका कारण इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ४ हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।