Aafno Khabar

काेराेना भाइरसकाे संक्रमणबाट बेलायतमा एक जना नेपालीकाे मृत्यु

  • २०७६ चैत्र ९ गते ०२:३२ प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

काेराेनाकाे संक्रमणबाट पूर्व गोर्खा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको पुष्टि भएकाे हाे । स‌ंखुवासभा घर भएका उनी परिवारसहित लण्डनकाे ह्याराे शहरमा बस्दै आइरहेका थिए ।

बेलायतबाट प्रकाशित हुने नेपाली अनलाइन पत्रिका विनेपाली डटकमका अनुसार राईकाे निधन भएकाे तीन दिनपछि अस्पतालले परिवारलाई जानकारी दिएकाे थियाे ।

मधुमेह र उच्च रक्तचापबाट पीडित राईको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । गएकाे मंगलबार दिउँसो चार बजेतिर अचानक सिकिस्त भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनकाे निधन मंगलबार राती नै भएकाे थियाे ।

अहिले उनका परिवारका सदस्य सबैलाई आइसोलेशनमा राखिएको समाचारमा जनाइएकाे छ ।