काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्री नं ११८० मा खबर गर्न अनुरोध गर्नुभएकाे छ ।
प्रमुख शाक्यले विज्ञप्ति जारी गरी महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्री नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गर्नुभएको हो ।
विश्वव्यापी रुपमा महामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाइरसबाट जाेगिनका लागि नागरिक आफैँ सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयाे ।
चीनकाे वुहान सहरबाट सुरु भएकाे काेराेना भाइरस विश्वव्यापी रुपमा महामारीकाे रुपमा फैलिरहेकाे छ । जाेखिम न्यूनीकरणका लागि सरकारले विभिन्न कदम चालिरहेकाे छ ।