काठमाडाैं । सुनकाे मूल्य शुक्रबार सामान्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँ वृद्धि भएकाे हाे ।
बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७४ हजार ७ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।