Aafno Khabar

काेराेना संक्रमणका कारण पाकिस्तानमा २ जनाकाे मृत्यु

  • २०७६ चैत्र ६ गते ०६:२३ प्रकाशित

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट पाकिस्तानमा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये एक साउदी अरेबियाको र अर्का एकजना दुबई भ्रमणबाट केही समयअघि फर्केकाे बताइएकाे छ ।

पाकिस्तानमा काेराेना संक्रमितकाे संख्या ३०७ पुगेकाे छ । सिन्ध प्रान्तमा मात्र २०८ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार प्रधानमन्त्री इमरान खानले मानिसहरू आफैं जिम्मेवार नहुने हो भने यसले मुलुकभर महामारीको रूप लिन सक्ने चेतावनी दिएका थिए ।

पाकिस्तानमा काेराेनाकाे नयाँ संक्रमितमध्ये धेरैजसो मानिस इरानको भ्रमणबाट फर्केका मानिसहरू रहेका छन् । चीनबाट सुरु भएकाे याे भाइरसकाे संक्रमण विश्वव्यापी रुपमा फैलिरहेकाे छ ।