काठमाण्डाै । कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ ।
इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको चीनपछि सबैभन्दा बढी प्रभावित भएको देश हो इटाली । अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर ८ हजार ७५८ जनाको मृत्यु भइसकेकाे छ ।
इटाली विगत २ हप्ता भन्दा बढी समयदेखि लक डाउनको अवस्थामा छ । तर विश्व स्वास्थ्य संगठनका प्रमुखले बुधबार कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने बताएका छन् ।
कोरोनाको संक्रमण बिस्तार हुन निदनका लागि विश्वका विभिन्न देशले कडा प्रयासहरु गरिरहेका छन् ।