Aafno Khabar

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

  • २०७६ फाल्गुन २१ गते ०५:२९ प्रकाशित

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिनुभएकाे हाे।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

याे पनि 

प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण आज, प्रत्यारोपणका लागि भारतीय डा. पनि नेपालमा