Aafno Khabar
sanima bank

कोरोनाको डरले आजका लागि तय भएको नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित

  • March 3, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।

सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।

नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सोमबार झापामा हुँदै थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो । कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरु बिर्तामोड पुगिसकेका छन् ।