Aafno Khabar

मलेसियासँग नेपालकाे लज्जास्पद हार

  • February 29, 2020 प्रकाशित

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको उपाधि जित्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ ।

थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।

टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८/३८ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागि दुवैले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । तर, पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन ।