Aafno Khabar

रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको आज एक वर्ष

  • February 27, 2020 प्रकाशित

काठमाडौं । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको आज एक वर्ष पूरा भएको छ ।

ताप्लेजुङको आठराई गाउँपालिकास्थित चुहानडाडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको थियो ।

मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा मन्त्री अधिकारी सहित यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा , नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयाको दुर्घटनामा परी निधन भएको थियो ।