Aafno Khabar

कोरोना भाइरसबाट अहिलेसम्म २७ सयभन्दा बढी मानिसकाे मृत्यु

  • February 25, 2020 प्रकाशित

 

काठमाण्डाै – चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी देशमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट अहिलेसम्ममा २७ सय १ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् ।

विश्वभरमा काेराेना भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् ।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८ सय ९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त बिरामी रहेकाे बताइएकाे छ । यसबाहेक अन्य देशमा पनि काेराेना भाइरसकाे लक्षण देखिएका बिरामीहरू भेटिएका छन् ।

सम्बन्धित शीर्षकहरु