Aafno Khabar

पाकिस्तानमा धार्मिक र्यालीमाथी चरमपन्थीको आक्रमण, सात जनाको मृत्यु

  • February 18, 2020 प्रकाशित

एजेन्सी । पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

धार्मिक जुलुसमा भएको विस्फोटमा परेर २५ जना भन्दा बढी घाइते भएका छन । दक्षिण पश्चिम बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले साम्प्रदायिक समूह अहि सुन्नत वाल जम्मतले निकालेको धार्मिक र्यालीमा बिस्फोट भएको बताइएको छ ।

मोटर साइकलमा आएका दुई जनाले आत्मघाती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ ।

एएसडब्ल्यूज निकट सुन्नी मुस्लिम राजनीतिक दलले लामो समयदेखि पाकिस्तानको जनसंख्याको २० प्रतिशत हिस्सा रहेको शिया मुसलमानलाई पाकिस्तानी कानुन अनुसार गैर मुस्लिम घोषणा गर्न माग गर्दै आएको छ । एएसडब्ल्यूजको मागसँगै पाकिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन ।