Aafno Khabar

लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीत विश्व किर्तीमानी कायम गर्न सफल

  • February 15, 2020 प्रकाशित

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।

‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ । गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ । मल्ले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परीवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराएका छन् ।

गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकास मल्ल वि.स.२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर÷शब्द÷संगीत भरिसकेका छन् ।