Aafno Khabar
sanima bank

मछिन्द्र क्लब बन्याे ए डिभिजनकाे नयाँ विजेता, आर्मी १-० ले पराजित

  • February 15, 2020 प्रकाशित

काठमाडाैं । शहिद स्मारक ए डिभिजन लिगकाे उपाधि मछिन्द्र फुटबल क्लबले पहिलो पटक जितेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको हो ।

मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्‍जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो ।