Aafno Khabar

बिहीबार देशैभरीको मौसम सामान्य

  • January 23, 2020 प्रकाशित

काठमाडौं । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर जाडोको मौसम रहेकाले स्थानीय वायुको प्रभावका कारण हुस्सु–कुहिरो तथा देशका केही क्षेत्रमा आंशिक बदली भने हुने मौसमविदले बताएका छन् ।

हाल तराईका क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । तराई क्षेत्रमा हुस्सु –कुहिरो रहनेछ।

देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।