Aafno Khabar

विप्लवमा मानवता, राजनीतिक साहस, नैतिकता र इमानदारिता देखिन पोलिटब्यूरो सदस्य कार्की

  • २०७६ पुष २६ गते ११:२३ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताउनुभएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी प्रवेश पछि उहाँले भन्नुभयो ‘सहजै विप्लव छोडेर आउने पक्षमा म थिएन् । तर विप्लवको त्यो राजनीतिक साहस, नैतिकता र इमानदारिता देख्न सकिन् ।

हिरासतपछि मेरो एकान्त बास भयो । मलाई भेटने कोही मान्छेपछि आएन्’, उहाँले भन्नुभयो, ‘वार्तामा आउ आफ्ना कुरा राखौ भन्दा मान्ने अवस्था भएन् । आफुले गरेका कुरा र कामहरुको ओनरसिप लिन सक्ने अवस्था नदेखेपछि विप्लव छोडे ।’

पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।