Aafno Khabar

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै हुने

  • २०७६ पुष २५ गते ०८:२२ प्रकाशित

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ता गरेका छन् ।