Aafno Khabar
add khanepani

भारतको विदेश सचिवमा हर्षवर्धन शृङ्गला नियुक्त

  • December 25, 2019 प्रकाशित

भारतको विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ हर्षवर्धन शृङ्गला नियुक्त हुने भएका छन् । हाल अमेरिकाका लागि भारतीय राजदूत रहेका शृङ्गलालाई विदेश सचिव बनाउने निर्णय भारत सरकारले गरेको हो ।

उनले सन् २०२० को गणतन्त्र दिवस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् । उनी सन् १९८४ को ब्याचमा सरकारी सेवा प्रवेश परीक्षाका टपर हुन् । उनले विजय गोखलेको स्थान लिने छन् ।

एस जयशंकरले विदेश सचिवबाट अवकास लिएपछि गोखले सन् २०१८ को जनवरीमा विदेश सचिव बनेका हुन् । नयाँ विदेश सचिव बन्ने पक्का भएका हर्षवर्धनले अमेरिकाको राजदूत बन्नुअघि थाइल्याण्डमा सोही भूमिका निर्वाह गरेका थिए । यस्तै उनी बंगलादेशका लागि भारतीय उच्चायुक्तका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् ।

उनले १९८२ मा सेवा सुरु गरेका रुची घनश्याम, १९८३ मा सेवा सुरु गरेका राजीव चन्देर र १९८३ मै सेवा सुरु गरेकी अमिता नायरलाई पछि पारेर विदेश सचिवमा नियुक्त भएका हुन् ।

विदेश सचिवका रुपमा जिम्मेवारी सम्हालेपछि पनि हर्षवर्धनको सरकारी सेवा अवधि केही महिना बाँकी रहने छ ।

सम्बन्धित शीर्षकहरु